दाहसंस्कार गर्न लगिएको ६ बर्षीया बालिकाको शव प्रहरीको नियन्त्रणमा
संखुवासभा | जेठ ९, २०८२
सांकेतिक तस्वीर
संखुवासभा: दाहसंस्कार गर्न लगिएकी एक बालिकाको शवलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले नियन्त्रणमा लिएको छ ।
प्रहरीले भोटखोला गाउँपालिका–४ सिप्प्रङ की ६ बर्षीया बालिका एम्बुलेन्समार्फत घरतर्फ लग्दै गरेको शव बाटोमै नियन्त्रणमा लिएको हो ।
बिहीबार बिहान करिब ७ बजे खाँदबारी–३ गुरुङचोकबाट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) दक्षकुमार बस्नेतको टोलीले एम्बुलेन्ससहित गोपाल तामाङकी ६ बर्षीया छोरी युनिका तामाङको शव नियन्त्रणमा लिएको हो ।
बैशाख ३० गते घरासयी विवादका क्रममा जेठाजु गोपाल तामाङ र भाईबुहारी कल्पना (गुरुङ) तामाङ बीच झै–झगडा भएको थियो । झै–झगडाका क्रममा भाईबुहारी कल्पनाले भजिती छोरी युनिकालाई धकेल्दा डिलबाट लडेर गम्भीर घाईते भएकी थिइन् ।
गम्भीर घाइते युनिकाको जिल्ला अस्पताल संखुवासभामा उपचार हुन नसकेपछि थप उपचारका लागि नोबेल अस्पताल बिराटनगर लगिएको थियो । प्रहरीका अनुसार युनिकाको नोबेल अस्पतलमा उपचारका क्रममा जेठ ७ गते बुधबार मृत्यु भएको हो ।
नियन्त्रणमा लिएको शव जिल्ला अस्पताल संखुवासभाको शवगृहमा राखिएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । प्रहरीले गोपालकी भाईबुहारी कल्पनालाई भोटखोला–४ सिप्प्रङबाट पक्राउ गरेर सदरमुकाम खाँदबारी ल्याउँदै गरेको जनाएको छ ।
घटनाको बारेमा मृतकका बुबा गोपाललाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
काठमाडौं: स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अन...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पाथिभरा माताको दर्शन गरेका छन् । बिहीबार साँझ ताप्लेजुङ पुगेका बालेन शुक्रबार बिहान पाथिभराको मन्दिर दर्शन गर्न पुगेका ह...
काठमाडौं: ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रा पूरा गरेको छ । तत्कालीन समयको वि...

